JIN0TkF.gif
JINuGe4.gif

एनपीएलको टिकट, ३०० देखि १००० रुपैयाँसम्म

काठमाण्डौ – आउँदो शनिवारदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट मूल्य निर्धारण भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । उद्घाटन खेलका लागि सामान्यतर्फ तीन सय र भीआईपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ ।

त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ  तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ मूल्य तय गरिएको छ । एनपीएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय र भीआईपीतर्फ सात सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।

त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ मूल्य तोकिएको क्यानले जनाएको छ ।  टिकट खल्ती वालेटबाट काट्न सकिने क्यानले जनाएको छ । सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० र भीआईपीतर्फ आठ हजार दुई सय ४० रुपैयाँ मूल्य निर्धारण गरिएको क्यानको विज्ञप्तीमा उल्लेख छ  ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000