JIN0TkF.gif
JINuGe4.gif

एकै रातमा बाग्लुङमा ६ वटा घरमा चोरी

बाग्लुङ   –  बाग्लुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारका ६ वटा घरबाट सुनसहित पाँच लाख रुपैयाँ बराबरको नगद चोरी भएको हो । एकै रातमा बजारका आधा दर्जनभन्दा बढी घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बजारको पाँच पसलबाट नगद र एक घरबाट सुनचाँदी चोरी भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

रातको २ देखि ३ बजेको समयमा स्थानीय अर्जुनप्रसाद खरेलको घरबाट साढे तीन  तोला सुन, खौलार बजारको प्रज्ज्वल दाना पसलबाट नगद ६० हजार, खरेल भाडा पसल तथा हार्डवेयरबाट नगद १५ हजार, जलजला होटलबाट नगद १० हजार, मायालु होटलबाट पाँच हजार कक्षपति स्टोर्सबाट चार हजार रुपैयाँ नगद चोरी भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

सबै घरका ताल्चा फुटाएर चोरी भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले घटनाको अनुसन्धान भईरहेको बताउनु भएको छ ।

What’s your Reaction?
+1
27
+1
0
+1
9
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000