JIN0TkF.gif
JINuGe4.gif

एकै पटक छ हजार बढी कर्मचारीलाई कामबाट निकाल्दै टेस्ला

चितवन –  अर्बपति  एलन मस्कको कम्पनी टेस्लाले एकै पटक छ हजार बढी कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । बिजुली गाडीको माग कम भएर मुनाफामा ह्रास आएपछि टेस्लाले ठूलो संख्यामा कर्मचारी निकाल्न लागेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कम्पनीले बिक्री घटेको र बिजुली कार निर्माता बीचको प्रतिस्पर्धा अचाक्ली बढेकाले गत हप्ता आफ्नो कुल कर्मचारी संख्याको १० प्रतिशतलाई कामबाट निकाल्ने बताएको थियो । सोही अन्तर्गत टेस्लाले यो कदम चालेको हो ।

कम्पनीले क्यालिफोर्निया कार्यालयका तीन हजार ३३२ र टेक्सासका दुई हजार ६८८ कर्मचारी निकाल्ने बताइएकाे छ । यी कर्मचारी १५ जुनदेखि बिदा हुनेछन् ।

हालै नयाँ फ्याक्ट्रीहरूमा लगानी गरेको टेस्लाले ठूलो संख्यामा कर्मचारी कटौती गर्नुलाई अचम्मले हेरिएको छ ।

टेस्लाको यो कदमबाट कम्पनीको आन्तरिक कार्य सञ्चालनमा चुनौती आइरहेको बुझ्न सकिन्छ । त्यस्तै टेस्लाले आउँदा दिनमा अझ धेरै कर्मचारी निकाल्न सक्ने समेत सम्भावना छ ।

टेस्लाले एक्सिलेटर पेडलमा समस्या देखिएपछि केही दिनअघि मात्र ग्राहकहरूलाई बेचिसकेको सबै साइबर ट्रक फिर्ता बोलाएको छ ।

What’s your Reaction?
+1
21
+1
0
+1
7
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000