JIN0TkF.gif
JINuGe4.gif

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

चितवन  –  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ । अहिले उहाँको अवस्था स्थीर रहेको डाक्टरले बताएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

हिजो मङ्गलवार नियमित स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुग्नुभएका श्रेष्ठलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गएको असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मुटुमा समस्या देखिएपछि त्यहाँ उहाँको उपचार गरिएको थियो ।

What’s your Reaction?
+1
42
+1
11
+1
4
+1
4
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000