JIN0TkF.gif
JINuGe4.gif

ईपीएस भाषा पास गरेकाहरुले कार्यक्षेत्र परिवर्तन गर्न पाउने

चितवन –  कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र अर्थात रोष्टर परिवर्तन गर्न पाउने भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाकाअनुसार कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकाहरूलाई कार्यक्षेत्र परिवर्तन गर्ने दक्षिण कोरियाले मौका दिएको हो ।

ईपीएस कोरिया शाखाले नौ हजार ४२८ जनाको सूची सार्वजनिक गरेको छ । सूचीमा रहेका व्यक्तिले वैशाख १४ गते शुक्रवारदेखि १८ गतेसम्म ईपीएस कोरिया शाखामा दरखास्त दिनुपर्नेछ । त्यसका लागि शाखाको वेबसाइटमा रहेको नमुना फाराम प्रिन्ट गरेर पूर्ण रूपमा आफ्नो विवरण भरेर फाराममा राहदानी अनुसारको दस्तखत गरी शाखाको इमेलमा पठाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ । आवेदन दिनका लागि पूर्ण रूपमा भरेको कार्यक्षेत्र परिवर्तनको फाराम, राहदानी, परीक्षाको प्रवेश पत्र पेश गर्न शाखाले भनेको छ ।

What’s your Reaction?
+1
43
+1
12
+1
0
+1
0
+1
15
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000