JIN0TkF.gif
JINuGe4.gif

इलाम र बझाङमा आज मतदान हुँदै

चितवन –  इलाम क्षेत्र नम्वर–२ र बझाङ क्षेत्रमा १ (क) प्रदेशसभा सदस्यको निर्वाचन आज हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएका छन् । सो क्षेत्रमा कुल एक लाख १५ हजार ८८९ मतदाता छन् । इलाम–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन १९ जनाले उम्मेदवारी दिएका छन् । १२ जना उम्मेदवार राजनीतिक दलबाट र सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा (एमाले) बाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बूले उम्मेदवारी दिएका छन् ।

नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई उम्मेदवार रहेका छन्। सात जना स्वतन्त्र उम्मेदवार छन् ।

बझाङ १(१) मा ७४ वटा मतदान स्थलमा ९३ मतदान केन्द्र छन् । सो क्षेत्रको चुनावमा सात वटा पालिका पूरै र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मतदाता सहभागी हुने छन् । सात वटा पालिकामा जयपृथ्वी नगरपालिका, मष्टा, तलकोट, साइपाल, सुर्मा, छविसपाथिभरा, खप्तडछान्ना गाउँपालिका रहेका छन् ।

सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् । मतदानलाई शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको छ । सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट नेपाली कांग्रेसले अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र) ले जनक बुढा र नेकपा (एकीकृत समाजवादी) ले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

सो क्षेत्रमा कुल ११ जनाको उम्मेदवारी कायम भएका छन् । बझाङ १(१) मा स्वतन्त्र उम्मेदवार छैनन् । यसैबीच निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा आजै मतगणना गर्ने तयारी गरिएको जनाएको छ । सहायक प्रवक्ता पाण्डेयले इलाम–२ मा आजै रातिदेखि मतगणना गर्ने तयारी गरिएको बताए।

बझाङ १(१) मा दुर्गम क्षेत्रमा समेत मतदान हुने भएकाले आजै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका सङ्कलन गर्न समस्या हुने सहायक प्रवक्ता पाण्डेयले बताए। बझाङमा आजै मतपेटिका संकलन हुनसके आवश्यक प्रक्रिया पूरा गरी तत्कालै गणना कार्य सुरु गर्न सकिने उनको भनाई छ ।

What’s your Reaction?
+1
23
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000