JIN0TkF.gif
JINuGe4.gif

आफ्नै श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

चितवन  –  उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमान्को हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान्को हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरी नजिकै जङ्गलको झाडीमा शवलाई स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार स्थानीयले देखेपछि घटनाका बारेमा प्रहरीमा खबर गरेका थिए ।

घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । प्रारम्भिक अनुसन्धानअनुसार निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ ।

श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन गर्न नसकी हत्या गरेको निरकुमारीले बताएको प्रहरीको भनाइ छ । हत्यामा अन्य व्यक्ति पनि संलग्न रहे नरहेका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस

What’s your Reaction?
+1
9
+1
0
+1
23
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000