JIN0TkF.gif
JINuGe4.gif

आफ्नै विद्यार्थीको टाउको नग्न तस्वीरमा जोडी चरित्रहत्या गर्ने शिक्षक पक्राउ

चितवन –  अनलाइनमार्फत आफ्नै विद्यार्थीको चरित्रहत्या गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । भक्तपुरका २४ वर्षीय शिक्षकलाई नेपाल प्रहरीको साइबर ब्युरोले २४ वैशाखमा पक्राउ गरेको हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पक्राउ परेका व्यक्ति निजी विद्यालयका शिक्षक भएको खुलेको छ । प्रहरीका अनुसार ती शिक्षकले नाबालिका (विद्यार्थी) ले फेसबुकमा राखेको फोटो दुरुपयोग गरी अश्लील सामग्री तयार पारेका थिए ।

नाबालिकाले अनलाइन अध्ययन प्रयोजनको लागि फेसबुक अकाउन्ट खोलेकी थिइन्, जहाँ आफ्ना तस्वीरहरू पनि पोस्ट गर्थिन् । तिनै तस्वीर दुरुपयोग गरेर शिक्षकले नक्कली फेसबुक अकाउन्ट बनाएका थिए । त्यति मात्र नभइ अश्लील तस्वीरमा नाबालिकाको अनुहार जोडी, अश्लील गतिविधियुक्त कन्टेन्ट लेखेर चरित्रहत्या गरेका थिए ।

​ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट पाँच दिनको म्याद लिएर ती शिक्षकमाथि थप अनुसन्धान भइरहेको छ ।

What’s your Reaction?
+1
39
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000