JIN0TkF.gif
JINuGe4.gif

आफ्नै प्रेमिकाको हत्या

चितवन –   काठमाडौँको स्वयम्भूस्थित शोभा भगवतीमा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । तर, सो हत्याको घटना ३ महिनापछि बाहिरिएको छ । डेरा लिएकाहरूले लामो समय कोठा बन्द गरेपछि घरधनीले कोठा खोल्दा घटना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

माघ ३ मा शोभा भगवतीस्थित सरिता गिरीको घरको भुईँ तलामा ५१ वर्षीया सफिना मियाँको शव भेटिएको थियो । मृतक सफिना तनहुँ जिल्ला भिमाद नगरपालिका ५ कि स्थानीय भएको उनका छोराले सनाखत गरिदिए ।

सफिनालाई भारतीय नागरिक ईकरामुल हक अन्सारीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ४३ वर्षीय अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।

आरोपी कालिमाटीबाट पक्राउ परेका हुन् । गार्मेन्टमा कालिगढको काम गर्दै आएका ईकरामुल र सफिनाको बिचमा नरदेवीमा चिनजान भएको थियो । प्रेम सम्बन्ध भएपछि उनीहरु दुईजना स्वयम्भुमा बस्न थालेका हुन् ।

कार्तिक महिनाको पहिलो हप्ता मदिरा सेवन गरेर काठको आग्लोले हानेर घाइते बनाएपछि ईकरामुलले सफिनाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

काठमाडौँमा विगत ९ वर्षदेखि काम गर्दै आएका ईकरामुल र सोफिनाको बिचमा मनमुटाव भएपछि ३ महिनादेखि बोलचाल बन्द थियो ।
अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन –‘आरोपीले शुरुमा घाइते बनाएपछि घाँटीमा सल बेरेर हत्या गरेको देखिन्छ ।’ हत्यापछि आरोपी सुमो चढेर वीरगञ्ज गए । वीरगञ्ज हुँदै भारत पुगेका उनी पुस १० तिर कालिमाटीमा आएर बि.एन फेशन गार्मेन्टमा काम गर्न थालेका थिए । कालिमाटीबाट भारत भाग्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको एसपी ढुंगेलले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
13
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000