JIN0TkF.gif
JINuGe4.gif

आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

चितवन –  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त वायुको प्रभावका कारण अहिले कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र गण्डकी प्रदेशको केही बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ। मधेश र लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

What’s your Reaction?
+1
37
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000