JIN0TkF.gif
JINuGe4.gif

आज पनि घट्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला दुईहजार ६ सय रुपैयाँले घटेको जनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

महासंघका अनुसार आज छापावाल सुन एकलाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १५ हजार ९ सय घटेर सुन प्रतितोला १ लाख ५१ हजार तीनसय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एकहजार ८ सय ४५ रुपैयाँ कायम भएको थियो ।

What’s your Reaction?
+1
49
+1
6
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000