JIN0TkF.gif
JINuGe4.gif

आज देशका यी स्थानहरुमा वर्षाको सम्भावना

चितवन –  देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000