JIN0TkF.gif
JINuGe4.gif

आजबाट सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू

चितवन – आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको छ । असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

प्रतिपदा तिथि श्राद्धको पिण्डदान आज दिउँसोपछि गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले जानकारी दिनुभयो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ ।

सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात बडा दशैँ शुरू हुन्छ ।

What’s your Reaction?
+1
34
+1
3
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000