JIN0TkF.gif
JINuGe4.gif

आजदेखी नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला शुरु

चितवन –  नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि शुरु हुँदैछ । आज पहिलो खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । यो श्रृङ्खलाका लागि दुवै टोलीले यसअघि नै खेलाडी घोषणा गरिसकेका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नेपाली टोली रोहित पौडेल र वेस्ट इन्डिज ‘ए’ रोस्टन चेसको कप्तानीमा श्रृङ्खला खेल्दैछ । हिजोमात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले अस्ति बिहीवार घोषणा भएको १६ सदस्यीय टोलीमा ४ खेलाडी थपिएको जानकारी दिए । कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल थपिएका छन् ।

नेपाली क्रिकेट टोलीका कप्तान पौडेलले विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको शृङ्खला खेल्ने बताएका छन् । वेस्ट इण्डिज ‘ए’ का कप्तान चेसले विश्वकपको तयारीका लागि यो शृङ्खला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

श्रृङ्खलाको दोस्रो खेल भोलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरमै हुनेछन् । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेल्न लागेको हो । यो श्रृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

What’s your Reaction?
+1
31
+1
14
+1
0
+1
0
+1
12
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000