JIN0TkF.gif
JINuGe4.gif

आजदेखि सुरु हुने १९ वर्ष मुनिको एसिया कपमा नेपाल पाकिस्तानसँग खेल्दै

चितवन  –  यूएईमा आजदेखि सुरु हुने १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज नेपाली क्रिकेट टोलीले पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट मैदानमा सुरु हुनेछ। आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ए मा छन्। समूह बी मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्। प्रतियोगिता पुस १ गते सम्म चल्नेछ । सबै खेल आइसिसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन्। जापान र युएई बाहेक अन्य सबैलाई एसिया कप २०२४ जवनरी १३ देखी फेब्रुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप अघिका अन्तिम तयारी हो।

यू–१९ विश्वकपमा नेपालको समूह डी मा न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्। नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई हराएको थियो। त्यसपछि नेपालले उमेर समूहमा कुनैपनि टेस्ट टोलीलाई हराएको छैन। नेपालले आइतबार अफगानिस्तानसँग खेल्नेछ भने आगामी मंगलबार भारतको सामना गर्नेछ।

What’s your Reaction?
+1
19
+1
13
+1
0
+1
0
+1
9
+1
6
81025400
hulash
Register-Now-20241122-105401-0000