JIN0TkF.gif
JINuGe4.gif

अस्तु सेलाउन गएका १ जना नारायणीमा बगेर बेपत्ता

नवलपुर –   दाजुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा बेपत्ता भएका हुन ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बिहीवार दाजु रेमन्तकाे अस्तु देवघाटमा सेलाउन गएका लाेकेन्द्रलाई नारायणीले बगाएकाे हाे ।

रेमन्तका फुपूका छोरा ३२ वर्षीय लाेकेन्द्रलाई शुक्रवार बिहान नारायणी नदीले बगाएकाे चितवन प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जानकारी दिएको छ । बेपत्ता लाेकेन्द्रकाे खोजी भइरहेको प्रहरीको भनाइ छ ।

तुलसीपुर–१२ काे रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते हुनुभएका रेमन्तकाे उपचारका क्रममा बुधवार भारतको लखनउमा ज्यान गएकाे थियाे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000