JIN0TkF.gif
JINuGe4.gif

अस्ट्रेलिया भारतसँग ६ रनले पराजित

चितवन –  भारतले घरेलु मैदानमा भएको अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज ४–१ ले जितेको छ । एक खेल अगाडि नै सिरिज जितेको भारतले अन्तिम खेलमा ६ रनले अस्ट्रेलियालाई पराजित गर्दै ४–१ को जित निकालेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सिरिजको अन्तिम खेलको अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया ६ रनले पराजित भएको हो । अस्ट्रेलियाले तेस्रो खेल जित्दा भारतले भने पहिलो, दोस्रो र चौथो खेल जित्दै सिरिज जितेको थियो ।

अन्तिम खेलमा आइतबार भारतले दिएको १६१ रनको मध्यम लक्ष्य पूरा गर्न अस्ट्रेलिया चुकेको हो ।

अन्तिम ओभरमा अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले दुई बल डट खेले । अर्शदीप सिंहको तेस्रो बलमा उनी श्रेयस अय्यरबाट क्याच भए । उनले १५ बलमा २२ रन जोडेका थिए।

कप्तान वेड आउट भएपछि अन्तिम तीन बलमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया आठ विकेटको क्षतिमा १५४ रनमा समेटियो । अस्ट्रेलियाका बेन म्याकडरमटले ५४ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन ।

अस्ट्रेलियाको इनिङ धराप पार्न बलिङमा भारतका मुकेश कुमारले ३, अर्शदीप सिंह र रवी विश्नोइले २–२ विकेट लिए ।

टस जितेको अस्ट्रेलियाले फिल्ड रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । भारतका लागि श्रेयष अय्रले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

What’s your Reaction?
+1
22
+1
14
+1
7
+1
2
+1
5
+1
10
81025400
hulash
Register-Now-20241122-105401-0000