JIN0TkF.gif
JINuGe4.gif

अमेरिकामा ‘हेलेन’आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ स जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको ‘कट्रिना’ नामको विनाशकारी र घातक आँधीपछि अहिलेको ‘हेलेन’ आँधीले बढी मानवीय तथा भौतिक क्षति गरेको समाचारमा उल्लेख छ । आँधीका कारण विभिन्न ठाउँमा पहिरो गएपछि झन्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।

ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि राष्ट्रपति जो बाइडेनले हिजो फ्लोरिडा र जर्जिया भ्रमण गर्नुभएको छ । गएको हप्ता आएको आँधीका कारण निम्तिएको बाढी तथा पहिरोबाट प्रभावितहरूलाई राष्ट्रपति बाइडेनले उनीहरूको पुनर्स्थाना नभएसम्म सरकारले सहयोग गरिरहने बताउनुभएको छ । उहाँले फ्लोरिडा, जर्जिया, उत्तरी र दक्षिणी क्यारोलिना र भर्जिनियामा प्रकोप सहायता पनि स्वीकृत गर्नुभएको छ ।

What’s your Reaction?
+1
26
+1
0
+1
4
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000