JIN0TkF.gif
JINuGe4.gif

अब इलेक्ट्रिक साइकलमा पनि कर

चितवन –  नेपालमा बिजुली साइकलको समेत ‍कर लिइने भएको छ । भन्सार विभागले सबै भन्सार कार्यालयहरूलाई पत्र लेख्दै इलेक्ट्रिक स्कुटर जस्तो देखिने साइकलमा पनि सडक कर उठाउन निर्देशन दिएको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

भन्सार कार्यालयहरूले विद्युतीय साइकल भनेर पैठारी भएको वस्तुको वर्गीकरण सम्बन्धमा द्विविधा भएको गुनासाे गरेपछि भन्सार विभागले पत्र लेख्दै त्यस्ता साइकलमा इलेक्ट्रिक सरह कर उठाउन भनेकाे हाे । ​

याेसँगै प्याडल भएको ३५० वाटभन्दा कम क्षमताका इलेक्ट्रिक साइकलहरुले अब ‘सडक निर्माण दस्तुर’ स्वरुप १० हजार शुल्क बुझाउनु पर्ने छ ।

विद्युतीय साइकलमा पाङ्ग्रा/चक्काको व्यास साधारण साइकलमा जडान भएका भन्दा कम भएको तर मोटाइ साधारण साइकलमा जडान भएका भन्दा मोटा प्रकृतिका भई दुई वा सोभन्दा बढी पाङ्ग्रा/चक्का हुने र इलेक्ट्रिक मोटर र रिचार्जेबल ब्याट्री सहितको शक्तिबाट सञ्चालन हुने तथा एक्सिलेरेटर र गति नियन्त्रण गर्नसक्ने प्रणाली जडान भएको हुनाले भन्सार विभागले यस्ताे साइकललाई इलेक्ट्रिक स्कुटर सरह मानेकाे हाे ।

 

What’s your Reaction?
+1
13
+1
0
+1
24
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000