चितवन – अबैध औषधिसहित चितवनको भरतपुरबाट २ जना पक्राउ परेका छन।
नेपाल औधषी ब्यवसायी संघ जिल्ल शाखा चितवन र मेडिकल स्ट्रकिष्ट कल्व अफ नारायणगढका पदाधिकारी एवम सदस्यहरुले बजार अनुगमन गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका वडा नं.१० अस्पताल रोड स्थित सडक खण्डमा बागमती प्रदेश ०१-०२६ च २१८२ नं.को भ्यानमा बिना बिल बिजक औषधी जन्य सामान ZENEGRA 100mg लगाएतका अबैध औषधीहरु बिक्री बितरण गरी रहेको अवस्थामा फेला पारेपछी भ्यानसहित २ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।
पक्राउ पर्नेमा जिल्ला सर्लाही पर्सा गा.पा.वडा नं.५ बस्ने बर्ष २९ को अनिल झा र जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.७ बस्ने बर्ष ३८ को दिपेन परियार रहेका छन।
उनिहरुलाई अबैध औशधीको भ्यान समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि औषधि ब्यवस्था बिभाग बिरगंज, पर्सा पठाईएको ।