JIN0TkF.gif
JINuGe4.gif

अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा –  डडेल्धुराको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

डोटीको शिखर नगरपालिका वडा नं. ८ का चालक पदमबहादुर बलायर र केशव महराको मृत्यु भएको हो।

साथै सोही ठाउँका वीरेन्द्र कुँवर घाइते भएका डडेल्धुरा अस्पताल डडेल्धुरा पुगेका शिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायरले जानकारी दिए ।

बुधबार धनगढीबाट डोटीतर्फ आइरहेको अटो बेलुकी करिब ५ बजेतिर हगुल्टे नजिकै दुर्घटना भएको थियो। घाइते एक जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बाँकीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए ।

उनले भने, ‘इन्स्पेक्टर नेतृत्वको टोली घटनास्थलमा पुगेको छ, दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ,  अटो अहिलेसम्म भेटिएको छैन कुहिरो लागेका कारण खोजी कार्यमा समस्या भइरहेको छ ।’ थप विवरण आउन बाँकी रहेको प्रहरीले बाताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000