
पुस ११ गतेदेखि सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुने
चितवन – चितवनको पर्यटकीय गन्तव्य सौराहामा १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ । आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने क्षेत्रीय होटल सङ्घ नेपाल चितवनले जनाएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगितालगायत झाँक्री प्रदर्शनी गरिने बताउनुभयो ।…