JIN0TkF.gif
JINuGe4.gif

सुनको मुल्यमा १५ हजार नौ सयले गिरावट

काठमाडौं– नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १५ हजार नौ सय रुपैयाँले घटेर १ लाख ५१ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा ११५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो । सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएकोमा १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको हो ।

What’s your Reaction?
+1
75
+1
0
+1
0
+1
0
+1
11
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000