JIN0TkF.gif
JINuGe4.gif

हेटौंडाबाट ८ किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ

चितवन – हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आज शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२(०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।

स्कुटरलाई रोकी जाँच गर्ने क्रममा भारतको महाराष्ट्र राज्य, सांगली जिल्ला, पुजारवाडीका २५ वर्षका अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाल बाडलाई पक्राउ गरिएको हो। स्कुटर अभिषेकले चलाइरहेका थिए।

प्रहरीका अनुसार उनीहरु जनकपुरबाट सुन लिएर काठमाडौंतर्फ जाँदै थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका दुवै जना यसअघि पनि सुन कारोबारमा संलग्न रहेको बुझिएको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाउने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
23
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000