JIN0TkF.gif
JINuGe4.gif

हजुरआमको हत्या गर्ने नाती पक्राउ

चितवन –  झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

फागुन २६ गते देखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको थियो ।

गाडेको अवस्थामा शव फेला परेसंगै घटनाबारे सुक्ष्म अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय गौरिगञ्जको प्रहरी टोलीले घटनामा संलग्न रहेका २ जनालाई फागुन ३० गते नै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृतककै नाती १८ बर्षीय धिरज बिश्वकर्मा र स्थानीय १८ बर्षीय राजु मल्लिक रहेका छन् । गाँजा खाई लट्ठ भएका बि।क।ले फागुन २६ गते राती २ बजेको समयमा हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउको पछाडी प्रहार गर्दा बृद्धाको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

हजुरआमाको मृत्यु भए पश्चात आफ्नो साथी राजु मल्लिकको समेत सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौरिगञ्जले जनाएको छ ।

What’s your Reaction?
+1
64
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000