JIN0TkF.gif
JINuGe4.gif

विनवार्ड्ससँगको पहिलो अभ्यास खेलमा नेपाल विजयी

चितवन – विनवार्ड्स भोलक्यानोजसँगको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

गएराती अमेरिकाको पार्क हिल मैदानमा भएको खेलमा घरेलु टोली विनवार्ड्सले दिएको एक सय ९७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका ओपनर कुशल भुर्तेलले ७१ र दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन बनाए ।

त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहे । पहिला ब्याटिङ गरेको विनवार्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९६ रन बनाएको थियो । टी–२० विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग भोलि र आउँदो शनिवार गरी दुई अभ्यास खेल खेल्नेछ ।

यो अभ्यास खेलपछि नेपालको टोली मे १९ तारिखमा ह्यूस्टन जानेछ । त्यसपछि मे २१ मा प्रशिक्षणमा सहभागी हुनेछ । मे २२ र २३ मे नेपालले ह्यूस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्यूस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपाल मे २५ मा डालास प्रस्थान गर्नेछ ।

What’s your Reaction?
+1
54
+1
26
+1
0
+1
0
+1
21
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000