JIN0TkF.gif
JINuGe4.gif

राजबिराज कारागारमा दर

सप्तरी –   सप्तरीको राजविराज कारागारमा रहेका महिला कैदीबन्दीलाई दर खुवाएर शुक्रबार अधिकारकर्मीहरूले तीज मनाएका छन्।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

हरितालिका तीज महोत्सव मूल समारोह समिति सप्तरीको आयोजनामा भएको कार्यक्रममा अधिकारकर्मी र कारागारका कैदीबन्दी महिलाहरूले दर खाएर तीज मनाएका हुन्। आयोजक समितिले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टीकालगायतका शृंगारका सामान दिएर तीजको खुसी साटासाट गरेको निमित्त कारागार प्रशासक सदानन्द दासले जानकारी दिए।

प्रत्येक वर्षझै कारागारको महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई तीजको दर खुवाउनुका साथै शृंगारका सामान प्रदान गरिएको मूल समारोह समितिका संयोजक अनिता देवकोटाले जानकारी दिइन्। कारागारमा कार्यरत महिला कर्मचारी र महिला प्रहरीलाईसमेत दर खुवाउनुका साथै शृंगारका सामग्री प्रदान गरिएको थियो। कारागारमा २० महिलासहित चार सय ३० कैदीबन्दी छन्। ‘चौघेराभित्र रहेका कैदीबन्दी महिला दिदीबहिनीको मुहारमा खुसी ल्याउन सामूहिक रूपमा दर खुवाउन खोजेका हौं’, संयोजक देवकोटाले भनिन्, ‘कडा सुरक्षा व्यवस्थाका कारण बाहिरबाटै सामग्रीहरू दियौं।’

अधिकारकर्मीहरूले अन्य जिल्लाका कारागारमाझै एक दिन सँगै बसेर सामूहिक दर खान पाइने वातावरण बनाइदिन आग्रह गरेका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000