JIN0TkF.gif
JINuGe4.gif

रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने र उनका व्यवसायिक साझेदार छविलाल जोशीसहित १२ जना विरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि जिल्ला अदालत रुपन्देहीले हिजो उनीहरुविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।

  1. पक्राउ पुर्जी  जारी भएसँगै अब रवि लामिछानेलाई सुप्रिम सहकारी ठगीको कसुरमा रुपन्देही लैजाने बाटो खुलेको छ ।

प्रहरीले यसअघि छविलाल जोशीलाई रुपन्देही लगेर बयान लिइसकेको छ । जोशीलाई इलाका प्रहरी कार्यालय बुटवल लगेर अस्ति बुधवार पोखरा फर्काइएको थियो ।

जिल्ला अदालत कास्कीले रवि र छविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ । कास्कीमा रविको बयान सकिएपछि रुपन्देही लैजाने प्रहरीको तयारी छ ।

यस्तै चितवनको सहारा, वीरगन्जको साना पाइला, काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि उनीहरुमाथि अनुसन्धान हुने भएको छ ।

What’s your Reaction?
+1
49
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000