सिराहा – प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका– ८ चियाबारीमा अवैध रूपले लगाइएको करिब पाँच कट्ठा खेतको गाँजा फँडानी गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार धनगढीमाई नगरपालिका– ८ चियाबारी टोलका स्थानीयले आफ्नो आँगन, करेसाबारी र खेतबारीमा गरी करिब पाँच कट्ठा क्षेत्रफलमा लगाएको गाँजा फँडानी गरी नष्ट गरिएको हो ।
अस्थायी प्रहरी पोस्ट कसहाबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर भट्टराई र इलाका प्रहरी कार्यालय सिराहाबाट प्रहरी नायब निरीक्षक शारदाशंकर साहको कमान्डमा खटिएको प्रहरी टोलीले करिब चार हजार गाँजाको बोट फँडानी गरी जलाएर नस्ट गरिएको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
27
+1
+1
+1
+1
+1