JIN0TkF.gif
JINuGe4.gif

पोखरामा रास्वपाको प्रदर्शन जारी

चितवन –  सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपा समर्थकहरूले सोमबार पनि पोखरामा प्रदर्शन जारी राखेका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा हुँदै र्‍याली मानव अधिकारचोकमा कोणसभामा परिणत भएको थियो ।

लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरिएको भन्दै नेताहरूले प्रतिरोधमा उत्रिएको बताएका छन् । रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले पक्राउविरुद्धको आन्दोलन जारी रहने बताए ।

‘हाम्रो सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको हो । अदालतले बुधबारसम्म हिरासतमा राख्न अनुमति दिएको छ, हामी बुधबारसम्म कोणसभा र प्रदर्शन गर्छाैँ,’ उनले भने, ‘बुधबार अदालतले के गर्छ त्यसपछि आन्दोलनको स्वरूप कस्तो हुन्छ त्यसबारेमा निर्णय हुन्छ ।’

What’s your Reaction?
+1
38
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000