JIN0TkF.gif
JINuGe4.gif

पुलिस रिपोर्ट अब अनलाइनबाटै

काठमाडौँ –   विदेश आउजाउका लागि चाहिने पुलिस रिपोर्टका लागि कन्सुलर सेवा विभाग धाउन नपर्ने भएको छ । विभागले आइतबारदेखि अनलाइनबाटै चारित्रिक प्रमाणपत्र पाइने व्यवस्था लागू गरेको छ । अब विभागको साइटमा गएर फाराम भरेर त्यसबापतको शुल्क डिजिटल वालेट वा बैंकमार्फत तिरेपछि सेवाग्राहीले इमेलबाटै रिपोर्ट पाउने भएका छन् । फाराम भरेर दस्तुर तिर्ने प्रक्रिया पुर्‍याएकाले दुई दिनमा पाउने रिपोर्ट सेवाग्राहीले आफ्नो सुविधाअनुसारका ठाउँबाट प्रिन्ट गराउन सक्छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा हरेक दिन करिब १ हजार ६ सय सेवाग्राही पुलिस रिपोर्ट प्रमाणीकरणको आवेदन दिन र उत्तिकै प्रमाणीकरण भएको रिपोर्ट लिन पुग्छन् । बुझाउन र प्रमाणीकरण गरेको पुलिस रिपोर्ट लिन आउनेसमेत जोड्दा त्यो संख्या हरेक दिन करिब ३ हजार २ सयको हाराहारीमा हुन्छ । त्यही भवनमै रहेको राहदानी विभागमा पनि त्यत्तिकै भीड लाग्ने गर्छ ।

कन्सुलर र राहदानी विभागमा आउने करिब ६ हजार सेवाग्राहीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको थियो । तर कन्सुलर सेवा विभागले पुलिस रिपोर्ट प्रमाणीकरणको आवेदन र रिपोर्टसमेत अनलाइनबाट उपलब्ध गराउन थालेपछि भने सेवाग्राहीको भीड घट्ने अपेक्षा गरिएको छ । ‘करिब ६ हजार जनाको भीडमा कमी हुन थालेपछि विभागले विदेशमा रहेका नेपालीको उद्धार र क्षतिपूर्ति प्राप्त काममा केन्द्रित हुन सहज हुनेछ,’ विभागका महानिर्देशक प्रकाशमणि पौड्यालले भने, ‘आजको दिन कन्सुलर सेवा विभागको कोसेढुंगा साबित हुनेछ ।’

गत शुक्रबारसम्म विदेश जाने नेपालीहरू प्रहरीको रिपोर्ट प्रमाणीकरण गर्न विभागमा आउनैपर्ने बाध्यता हुन्थ्यो । ‘पहिले सेवाग्राहीले अनलाइन फाराम भरेपछि त्यो लिएर विभागमा आउनुपर्थ्यो । त्यसपछि नायब सुब्बालाई बुझाउनुपर्थ्यो र प्रमाणीकरणका लागि अधिकृतकामा जान्थ्यो,’ विभागका सूचना प्रविधि अधिकृत नवीनकुमार झाले भने, ‘त्यसपछि मात्र सेवाग्राहीले राजस्व तिर्ने गरेका थिए । राजस्व तिरेपछि फेरि विभागमै आएर प्रमाणीकरण भएको रिपोर्ट लानु पर्थ्यो ।’

झाले अब सेवाग्राहीले कम्प्युटर वा मोबाइलबाट सिधै फारामलाई भर्ने र त्यसपछि विभागका अधिकृतले सिधै प्रमाणीकरण गर्ने व्यवस्था मिलाइएको छ । ‘प्रहरी रिपोर्टलाई प्रहरी प्रधान कार्यालयसँगको सहकार्यमा विभागले समेत हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । जसले गर्दा रिपोर्टमा भएको डिसपाथ नम्बर र जन्ममिति र मोबाइल नम्बर हालेपछि फाराम पूरा हुन्छ,’ उनले भने, ‘राजस्व पनि अनलाइन सेवाहरूमार्फत तिर्न वा बैंकबाट भुक्तानी गर्न सकिन्छ ।’ उनका अनुसार अब घरबाट फाराम भर्ने, पैसा तिर्ने र घरबाटै प्रहरी रिपोर्ट प्रमाणीकरणको दस्ताबेज निकाल्न सकिने र विभागमा आउनै पर्दैन ।

कन्सुलर सेवा विभागको सबैभन्दा बढी काम प्रहरी रिपोर्टलाई प्रमाणीकरण गर्ने नै रहेको छ । विभागका तथ्यांकअनुसार आर्थिक वर्ष २०७९र८० मा ३ लाख ९१ हजार २ सय १४ जनालाई सेवा दिएकामा अधिकांश प्रहरी रिपोर्ट प्रमाणीकरणकै लागि हो । ‘त्यसमध्ये ३ लाख ६ हजार ९ सय २२ सेवाग्राही प्रहरी रिपोर्ट प्रमाणीकरणकै लागि त्रिपुरेश्वरस्थित विभागमा आएका छन्,’ विभागले जारी गरेको रिपोर्टमा भनिएको छ, ‘विभागमा दिने विभिन्न २१ सेवामध्ये पुलिस रिपोर्ट प्रमाणीकरण नै सबैभन्दा बढी हो ।’ विभागका अनुसार अनलाइनमार्फत प्रहरी प्रमाणीकरण रिपोर्ट दुई दिनभित्रमा प्राप्त हुन्छ ।

सेवाग्राहीले एउटा प्रहरी रिपोर्ट प्रमाणीकरण गरेबापत सरकारलाई ५ सय रुपैयाँ राजस्व तिर्नुपर्ने प्रावधान छ । तथ्यांकअनुसार १२ महिना विभागले संकलन गरेको २३ करोड ९५ लाख ८४ हजार ५ सय १३ राजस्वमध्ये १५ करोड ३५ लाख ६१ हजार रुपैयाँ प्रहरी रिपोर्ट प्रमाणीकरण गरेबापत हो । आइतबार विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अनलाइनबाटै पुलिस रिपोर्ट प्रमाणीकरण सेवाको शुभारम्भ गरे । सेवा शुभारम्भ गर्दै परराष्ट्रमन्त्री साउदले सरकारले सबै खाले प्रशासनिक सेवामा नागरिकलाई सहजता प्रदान गर्न उद्यत् रहेको बताए । उनले वर्तमान सरकार बनेपछि नागरिकलाई सेवा प्रवाह गर्ने विषयमा बदलाव आएको बताए ।

‘यहाँ पनि सेवाग्राहीको भीडभाड हुने अवस्था थियो । सानो कामका लागि पनि लामो समय लाइनमा बस्नुपर्ने अवस्था थियो । अब कम्तीमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणकै लागि कन्सुलर विभाग धाइरहनुपर्दैन । यो सेवा हामीले अनलाइनबाट घरमै बसीबसी गर्न सकिने गरी प्रबन्ध गरेका छौं,’ उनले भने, ‘यसले काठमाडौं बाहिरबाट आउने सेवाग्राहीको हकमा ठूलो आर्थिक भार घटाएको छ ।

Nawalpurfm
What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000