JIN0TkF.gif
JINuGe4.gif

पर्यटकको पर्खाईमा सौराहा राप्ती किनार

चितवन –  दैनिक चार हजारसम्म कमाउने सौराहाका टाँगाचालक अहिले मुस्किलले तीन सय पनि कमाउन नसकेको बताउँछन्। दिनभर कुर्दा एकजना पनि पर्यटक नपाएर फर्किएको अनुभव सौराहाका टाँगाचालकको छ। राप्ती किनार र होटलबाहिर पर्यटक आउने आशामा बसिरहेका देखिन्छन् उनीहरू।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

अहिले पर्यटनको अफ सिजनले प्रभावित छन् यहाँका साना व्यवसायी पनि। ‘अचेल त कुनै दिन बोहनी पनि हुँदैन कहिलेकाहीँ त दिनभर कुरेर त्यसै फर्किएको छु,’ टाँगाचालक टोनी पाउ भन्छन्, ‘यो अफ सिजन भएर होला मान्छे पाउनै गाह्रो छ, दिनमा तीन सय कमाउन पनि मुस्किल छ।’

टोनी त एक प्रतिनिधि पात्र मात्रै हुन्। यहाँका टाँगाचालक मात्रै होइन, होटल व्यवसायीका पनि यस्तै पीडा छन्। अहिले सौराहा, पटिहानी, जगतपुर र मेघौलीमा पर्यटन सुस्ताएको छ। वर्षायाम सुरु भएसँगै पर्यटन व्यवसाय सुनसान जस्तै छ। अफ सिजनले होटल तथा रेष्टुराँ प्राय खाली देखिन्छन्।

सौराहाका होटल व्यवसायी बासुदेव ढकालले पर्यटन व्यवसाय सुस्ताएको बताए। ‘फाट्टफुट्ट बाहेक पर्यटकको संख्या शून्य जस्तै छ,’ उनले भने, ‘ठाउँठाउँमा बाटो बिग्रिएको छ, त्यसैले पनि पर्यटक आउन नसकेका हुन् कि ?’

जुनदेखि अगष्ट महिनासम्मलाई अफ सिजन मानिन्छ। सेप्टेम्बर १५ बाट सिजन सुरु हुन्छ। सौराहाका पर्यटन व्यवसायीका अनुसार यो तीन महिना व्यवसायीलार्ई खर्च धान्नै मुस्किल पर्छ। गत वर्षभन्दा यो पटक भने अफ सिजनमा फाट्टफुट्ट आएका पर्यटकले केही आशा भने जगाएको छ। साउन महिनामा पर्यटकको आगमन कम भए पनि भदौदेखि चित्त बुझ्दो अवस्थामा रहने क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए। ‘हामीले पर्यटनलाई दुई भागमा बाँडेका छौं। यो ‘लो’ सिजन हो,’ उनले भने, ‘यो सिजनमा अघिल्लो वर्षको तुलनामा भन्दा केही चित्त बुझाउने ठाँउ भने छ।’

कोभिडभन्दा अघि चितवन आउने पर्यटकमध्ये ४० प्रतिशत चिनियाँँ हुन्थे। अहिले उनीहरू आउन कमी आएको छ। विदेशी फाट्टफुट्ट छन्। विदेशीको तुलनामा केही आन्तरिक पर्यटक मात्रै आएका छन्। मेघौलीमा पनि पर्यटक कमै मात्रामा आएका छन्।

‘मौसम र बाटोले वर्षात्मा पर्यटक सधैँ कम नै हुन्छन््,’ मेघौलीको होटल साराङ स्याङचुरीका सञ्चालक सुवोध प्रधानले भने, ‘अफ सिजन सकिन लाग्यो। सिजनमा पर्यटक कसरी बढाउन सकिन्छ भन्नेमा राज्य गम्भीर भए तीन महिनाको अफ सिजनले केही असर गर्दैन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000