JIN0TkF.gif
JINuGe4.gif

नेपाल विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन

काठमाडौं नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरूको विद्युत लाइन काट्न थालेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको छ ।

यसअघि कार्यकारी निर्देशक घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दीपक खड्कासँग भेट गर्दै विद्युत लाइन नकाट्ने हो भने मन्त्रिपरिषद्ले निर्णय गरिदिन आग्रह गरेका थिए । 

यसअघि गत असोज २४ मा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिकसम्मको म्याद दिएको थियो ।

मन्त्री खड्काले कुलमानलाई स्पष्टीकरण सोधेपछि उनले यो कदम चालेका थिए । विद्युत महसुलमा कुलमान र सरकारको धारणा बाझिएपछि यो विषय झन् पेचिलो बन्दै गएको छ ।

What’s your Reaction?
+1
29
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000