JIN0TkF.gif
JINuGe4.gif

नारायणगढ- मुग्लिन सडकमा ४ गाडी आपसमा ठोकिदा १ को मृत्यु

चितवन – नारायणगढ- मुग्लिन सडकखण्डको १७ किलोमा गएराति चारवटा गाडी एकैठाँउमा आपसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नंम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ७९१५ नंम्बर को ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नंम्बरको बस र बिरगंञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ६ ख ८९६८ नंम्बरको बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाईते भएका छन् । घाइतेहरुको नाम थर र वतन खुल्न सकेको छैन । घाईतेहरुमध्ये नाम थर वतन नखुलेका अन्दाजी १६–१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको हो ।घाइतेहरु मध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

What’s your Reaction?
+1
13
+1
0
+1
43
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000