मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

नवलपुरमा जंगली च्याउँ खाँदा एकै परिवारका ५ जना बिरामी

चितवन – जंगली च्याउ खाँदा नवलपुरको देवचुली नगरपालिका वडा नं-२, दुम्कौलीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौली निवासी २८ वर्षीय धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गए राति एकै परिवारका पाँच जना बिरामी परेका हुन् ।

जंगली च्याउ खाएर देवचुली २ निवासी २६ वर्षीय मदन राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, ९ वर्षीय रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी बिरामी भएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

हाल उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
48
+1
0
+1
12
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000