JIN0TkF.gif
JINuGe4.gif

नवलपरासीमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन – पश्चिम नवलपरासीमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार सुनवल ७ ज्यामिरे चोकमा पूर्व पश्चिम राजमागैमा लु १ ख ८४५३ नम्बरको माइक्रोबसले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १० निवासी ३२ बर्षीय ऋषि लम्तरीको निधन भएको हो । उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

त्यसैगरी दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार २९ बर्षीय विवेक गुरुङ गम्भीर घाइते भएका छन् ।

उनको भलुही मेडिक कलेज रुपन्देहीमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने माइक्रोबस र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

What’s your Reaction?
+1
21
+1
0
+1
3
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000