JIN0TkF.gif
JINuGe4.gif

धरानमा आज २४ घण्टे निषेधाज्ञा जारी

धरान –   जिल्ला प्रशासन कार्यालय सुनसरीले आज धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरेको छ। धार्मिक, साम्प्रदायिक शान्ति सुरक्षा र स्वास्थ्य सुरक्षाको संवदेनशीलताका कारण शुक्रबार राति १२ बजेदेखि लागू भएको २४ घण्टे निषेधाज्ञा शनिबार राति १२ बजेसम्म जारी रहने छ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार सूचना जारी गरेको निषेधाज्ञा पत्रमा धरान उपमहानगरपालिकामा १२ स्थानीय तहहरूमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट बराह क्षेत्र नगरपालिका–३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । त्यसैगरी धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा जारी गरेको समयमा उक्त क्षेत्रमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिकरूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, ¥याली÷भेला गर्न रोक लगाइएको छ ।

आदेश विपरीत भए गरेको पाइए वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिनेछ आदेशमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000