JIN0TkF.gif
JINuGe4.gif

दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान

चितवन –  स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नगरपालिकाका मेयर कृष्ण खाँणले अकला नमूना कृषि सहकारी संस्थासँगको सहकार्यमा योजना सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । सहकारीले सम्झौताअनुसार प्रकोपको अवस्थामा बाहेक वर्षमा कम्तीमा तीन सय ५० दिन किसानको दूध खरिद गर्नुपर्ने छ ।

मेयर खाँणले दूधमा अनुदान कार्यक्रमले युवा पुस्तामा विदेशप्रतिको मोह घटाएर कृषि फार्म सञ्चालन गर्न उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाईपालक किसानलाई अधिकतम ५० हजार रुपैयाँसम्म अनुदान दिने जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
48
+1
39
+1
0
+1
0
+1
24
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000