JIN0TkF.gif
JINuGe4.gif

दुई जना मानिसको ज्यान लिएको बाघको मृत्यु

चितवन –  मकवानपुरको मनहरीमा दुई जना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । शिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

अस्ति शनिवारदेखि बिरामी परेको बाघ हिजो मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । १० वर्षकाे यो बाघ सौराहाको खोरमा राखिएको थियो । बाघलाई गएको मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो ।

चालु आर्थिक वर्षमा चितवनमा सात वटा बाघ मरेका छन् । सन्  २०२२ को गणनाअनुसार नेपालमा तीन सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा रहेका छन्

What’s your Reaction?
+1
39
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000