JIN0TkF.gif
JINuGe4.gif

दक्षिण कोरियाद्वारा विद्युतीय ‘चिप’ उद्याेगका लागि १९ अर्ब डलरको सहायता योजना घोषणा

चितवन –  दक्षिण कोरियाले विद्युतीय चीप उद्योगका लागि १९ अर्ब डलरको सहायता योजनाको घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले देशमा स्थापना भइसकेका र अब स्थापना हुने चिप उद्योगका लागि १९ अर्ब डलरको सहायता योजनाको घोषणा गर्नुभएको रोयटर्सले जनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

अहिले विश्व चिप युद्धमा प्रवेश गरेको र यो युद्धमा चीन र दक्षिण कोरियाबीच प्रतिस्पर्धा चलिरहेको विश्लेषण भइरहेको छ । यस्तो समयमा दक्षिण कोरियाले चीप उद्योगमा लगानी सहजीकरण र सहायता योजनाको घोषणा गर्नुलाई महत्त्वका साथ हेरिएको छ । अहिले दक्षिण कोरियामा चिप बनाइरहेका सामसङ र एसके हाइनिक्स विश्वकै ठूला कम्पनी मानिन्छन् ।

चिप उद्योगको वृद्धिले एकातिर अहिलेको प्रतिस्पर्धात्मक विश्वमा दक्षिण कोरिया पहिलो नम्बरमा पुग्ने र अर्कोतिर रोजगारी वृद्धिसँगै देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने सरकारले जनाएको छ ।

अहिले दक्षिण कोरियाले राजधानी सियोलबाहिर एउटा ‘मेगा चिप कलस्टर’ को निर्माण गरिरहेको छ । विश्वकै ठूलो मानिएको एउटा उद्योगमा मात्रै हजारौँ रोजगारी सृजना हुने अपेक्षा छ । गएको मार्चमा मात्रै कोरियाले झन्डै १२ अर्ब डलर बराबरको चिप निर्यात गरेको थियो

What’s your Reaction?
+1
57
+1
44
+1
0
+1
0
+1
31
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000