JIN0TkF.gif
JINuGe4.gif

चितुवाको आक्रमणबाट ३ जना घाइते

चितवन –  अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्लाको रामारोशन गाउँपालिका–६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउँद घाइते भएकी छन् । हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो ।

यस्तै सोही पालिकाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए ।

चितुवाको आक्रमणबाट हैकलाको कुमको तलपट्टी चोट लागेको छ । घाइते तीनै जनाको स्थानीय स्वाथ्यचौकीमा उपचार भइरहेको छ । तीनै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक साउदले बताए । चितुवाले आक्रमण गर्नेबित्तिकै हैकलाले हल्ला गरेकाले नजिकैका व्यक्तिहरु आएपछि चितुवा भागेको थियो ।

दुई हप्ताअघि पनि सोही गाउँपालिका–७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000