JIN0TkF.gif
JINuGe4.gif

चितवनमा पहिलो पटक राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता : ब्युटी हन्ट नेपाल २०२५ हुदै

काठमाडौ – चितवनमा पहिलो पटक राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ब्युटी हन्ट नेपाल २०२५ हुने भएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

चितवनको भरतपुर १० हाकिमचोकमा रहेको टप वान मिडिया प्रा. लि. ले चितवनमा पहिलो पटक राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगीता आयोजना गर्न लागेको छ।

यश अघि नै टप वान मिडियाले चितवनमा राष्ट्रियस्तरको फेसन शो ” नेपाल फेशन रनवे” भब्यताका साथ सम्पन्न गरिसकेको छ

आफुमा क्षमता भएर पनि बाहिर आउन नसकेका तथा राम्रो अवसर को लागि काठमाडौ नै पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य का साथ चितवनमा नै राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागेको टप वान मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक रब्स ( रबि) सापकोटाले जानकारी दिए।

प्रतियोगिताका लागि आवेदन फारम खुल्ला भैसकेको छ भने १५ देखि ३० वर्ष उमेर समुहका अविवाहित तथा विवाहित महिलाहरुले आवेदन दिन सक्ने छन ।

प्रतियोगितामा छनौट हुने सहभागीहरुलाई १ महिना सम्म ख्याती प्राप्त ट्रेनर तथ कोरियोग्राफर बाट बिशेश तालिम प्रदान गरिने आयोजक टप वान मिडिया ले जनाएको छ।

जसमा ब्याक्तित्व बिकास, आत्मबिश्वास अभिबृद्धी, पब्लिक स्पीकिङ, फेसन स्टालिङ, मोटिभेसन, सेल्फ मेक-अप, फिटनेस योगा, हस्पिटालिटी, रेम्प वाल्क, फोटोशुट, भिडियोशुट  लागायत का विभिन्न कुराहरुको तालिम प्रदान गरिने छ।

प्रतियोगिताको बिजेताले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउनुका साथै म्युजिक भिडियो, सर्ट फिल्म, फेसन शो, फोटोशुट, अन्तर्वार्ताहरु, गिफ्ट ह्याम्पर लागायत थुप्रै अवसरहरु प्राप्त गर्ने आयोजक टप वान मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक रब्स ( रबि ) सापकोटा ले जानकारी दिए।

प्रतियोगितामा भाग लिनको लागि खल्ती एप बाट अनलाइन फारम भर्न सकिने छ ।

प्रतियोगिता बारे थप जानकारी को लागि ९८४५८२०३१५ मा सम्पन्न गर्न सकिने छ।

What’s your Reaction?
+1
769
+1
56
+1
0
+1
0
+1
23
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000