JIN0TkF.gif
JINuGe4.gif

काठमाण्डौ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । हिजो ७ डिग्री सेल्सियस मापन भएको थियो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यसैबीच, आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हल्का हुस्सु लागेको छ । बाँकी भागमा भने मौसम मुख्यतया सफा रहेको छ । आज कतै पानी तथा हिमपातको सम्भवना नरहेको मौसमविद् अर्यालले बताउनुभयो

What’s your Reaction?
+1
29
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000