JIN0TkF.gif
JINuGe4.gif

करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा –   झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन्।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-९ निवासी २४ वर्षीय अमृत रेग्मी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीका अनुसार बुधबार दिउँसो साढे २ बजेको समयमा आफ्नै घरमा कुटी काट्ने क्रममा श्रीमती ममतालाई करेन्ट लागेको थियो। श्रीमतीलाई करेन्ट लागेको देखेपछि श्रीमान श्रीमतीलाई बचाउन जाँदा उनलाई पनि करेन्ट लागेको थियो।

करेन्ट लागेर दम्पती नै घाइते भएका थिए। घाइतेमध्ये अमृतलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी रिजालले बताए। घाइते ममतालाई स्थानीय शंकर अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पठाइको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000