JIN0TkF.gif
JINuGe4.gif

एलोन मस्क” लाई पछि पार्दै “जेफ बेजोस” बने बिश्व कै सबैभन्दा धनी ब्यक्ति

चितवन –  एलन मस्कलाई पछाडि छोड्दै जेफ बेजोस विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बनेका हुन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

करिब ९ महिनादेखि विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको स्थानमा रहेका एलन मस्क
सोमबार टेस्लाको शेयरमा आएको भारी गिरावटले सम्पत्ति घट्दा उनलाई जेफ बेजोसले पछि पारेका हुन।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ७.२ प्रतिशतले झरेको थियो । टेस्लाको शेयर घट्दा मस्कको सम्पत्ति एकैदिन १७.६ अर्ब डलरले घटी १९८ अर्ब डलर पुगेको छ । जबकि अमेजनका संस्थापक बेजोसको सम्पत्ति २०० अर्ब डलर रहेको छ ।

यसअघि सन् २०२१ मा बेजोस संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका थिए । कुनै समय मस्कको सम्पत्ति बेजोसको भन्दा १४२ अर्बले बढी थियो । पछिल्लो समय अमेजनको शेयर बढ्दै गइरहेकाे छ भने टेस्लाको शेयर घटिरहेकाे छ ।

कोभिड महामारी फैलिएदेखि अनलाइन शपिङको अवधारणा बढ्दै गएपछि अमेजनको शेयर तीव्र गतिमा बढेको थियो ।

मस्कलाई विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिका रूपमा स्थापित गर्न कम्पनीको बोर्डले सन् २०२१ मा उनलाई दिएको ५५ अर्ब तलब सुविधाको भूमिका महत्त्वपूर्ण थियो । मस्कलाई उक्त तलब सुविधा दिनु अस्वाभाविक भएको भन्दै कम्पनीका एक सदस्यले केही समयअघि मुद्दा दायर गरेका थिए।

ब्लुमबर्गले भने मस्कका यी सबै सम्पत्तिलाई आधार बनाएको छ । यता जेफ बेजोससँग अमेजनको नौ प्रतिशत स्टक छ । बेजोस उक्त प्लेटफर्मका सबैभन्दा ठूला शेयरहोल्डर हुन् । उनीसँग ८.५ अर्ब बराबरको पाँच करोड शेयर रहेको छ ।

त्यसअघि सन् २०१७ मा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै जेफ बेजोस संसारको सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

 

What’s your Reaction?
+1
47
+1
23
+1
0
+1
0
+1
19
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000