JIN0TkF.gif
JINuGe4.gif

एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

काठमाडौ – दाङमा एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले एक लाख छ हजार छ सय पचास रुपैयाँसहित जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पक्राउ पर्नेहरुमा दङ्गीशरण गाउँपालिका– ३ का गणेश योगी, मेघराज रजौरे, लम्बुधर चौधरी, भागीराम चौधरी, श्यामेश्वर वली, निराजन धिताल, महावीर चौधरी, शिवहरी धिताल, ओमप्रकाश पुरी, गोकुल धिताल र आनन्द रजौरे रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

What’s your Reaction?
+1
33
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000