JIN0TkF.gif
JINuGe4.gif

आफ्नै ५ वर्षीय छोराको हत्या गर्ने आमा पक्राउ

चितवन –  सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले ५ वर्षीय छोरा आयुष साहको हत्या गरेर उनले सुत्ने पलंगमा लुकाएकी थिइन् ।

गत वैशाख ११ गते दिउँसो साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा आमा सरीता सुत्ने कोठामा रहेको बक्स पलङको घर्राभित्र मृत अवस्थामा छोरा आयुष फेला परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए ।

आमा सरीतालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७  दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

What’s your Reaction?
+1
59
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000