JIN0TkF.gif
JINuGe4.gif

आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान सुरु

चितवन –  नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आजदेखि भैरहवाको गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाण्डौ हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दैछ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

गएको जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाण्डौ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाण्डौ ल्याएर निगमकै अर्को  उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

भैरहवाबाट बिहान ९ बजे काठमाण्डौ  ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई  गन्तव्य देशमा पठाइनेछ । पहिलो उडानमा आज निगमले भैरहवाबाट यात्रु लिएर काठमाण्डौ आउनेछ । यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे  पनि  भारतले उडान अनुमति दिएको  छैन ।

भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि शुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमको योजना रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000