JIN0TkF.gif
JINuGe4.gif

अस्पतालबाट बच्चा चोरी गर्ने महिला पक्राउ

चितवन –  थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार चोरी भएको शिशुको उद्धार भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सीसीटीभीको विशेष सहयोगमा काँडाघरीबाट शिशुको उद्धार गरेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बच्चा चोरी गर्ने महिला दैलेखकी मनकुमारी सिंह रहेकाे प्रहरीले बताएको छ । शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाकी २६ दिनको शिशु लिएर मनकुमारी फरार भएकी थिइन् । लगत्तै विभिन्न ठाउँमा राखिएका क्लोज सर्किट (सीसी) क्यामेरा फुटेजको सहयोगमा प्रहरी ती महिला बस्ने घरसम्म पुग्न सफल भएको हो ।

सुरुमा ती महिलालो आफ्नै शिशु भएको दाबी गरेपनि सीसीटीभी फुटेज र त्यसबेला लगाएको कपडा आदिका आधारमा शिशुलाई प्रसूति गृहबाट चोरी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीले बच्चा चोरी गर्ने महिलाकी दिदी र श्रीमानलाई पनि नियन्त्रणमा लिएको छ । अहिले उनीहरूमाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
19
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000