JIN0TkF.gif
JINuGe4.gif

अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १२८ नाघ्यो

  अमेरिकामा हेलेन आँधीका कारण मर्नेको सङ्ख्या १२८ नाघेको छ। यो सङ्ख्या अझ बढ्दै जान पनि सक्ने अनुमान गरिएको छ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नर्थ क्यारोलिनामा ५८, साउथ क्यारोलिनामा ३०, जर्जियामा २५, फ्लोरिडामा ११, टिनेजमा ४ तथा भर्जिनियामा २ जनाको ज्यान गएको हो।

हेलेनको यो वितण्डापछि पश्चिम क्यारेबियन तथा ‘गल्फ अफ मेक्सिको’ बाट नयाँ आँधीको सम्भावना समेत देखिएको छ। त्यो आँधी हेलेन जस्तै शक्तिशाली नहुने अनुमानसमेत गरिएको छ।

बाढीले पछिल्लो समय नर्थ क्यारोलिनामा असर गरेको हो। नर्थ क्यारोलिनामा संरचना भत्किएका छन्। अस्पतालको अवस्थासमेत सहज छैन। नर्थ क्यारोलिनाको पश्चिमी भागमा अझ बढी क्षति भएको त्यहाँका गभर्नर रोय कुपरले बताएका छन्। उनले अहिले ध्वस्त भएका संरचना तयार हुन धेरै वर्ष लाग्ने बताएका छन्।

पेन्टागनले सोमबार जनाए अनुसार पूर्वी तटीय क्षेत्रमा रहेका हजारौँ सुरक्षाकर्मीलाई नयाँ स्थानमा जानका लागि भनिएको छ।

फ्लोरिडामा मात्र ३५ सय सुरक्षाकर्मी र ११ वटा हेलिकप्टर तैनाथ गरिएको थियो। जर्जियामा उद्धारका लागि आठ सय जना खटाइएको थियो भने साउथ क्यारोलिनामा ६ सय जना खटाइएको थियो।

अमेरिकी राष्ट्रपति जो वाइडेनले हेलेन आँधीबाट प्रभावितलाई सम्बोधन गर्दै आफू त्यहाँका नागरिकको पक्षमा रहेको जनाएका छन्। उनले यसै साताको अन्त्यमा प्रभावित क्षेत्रमा भ्रमण गर्ने जनाएका छन्।

आँधीले अमेरिकाको चुनावी कार्यक्रमलाई समेत प्रभाव पारेको छ। निर्वाचनमा प्रतिस्पर्धी दुवै उम्मेदवार अन्य मुद्दा छाडेर हेलेन आँधीबाट प्रभावितको पक्षमा उभिएका छन्।

What’s your Reaction?
+1
13
+1
0
+1
27
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000